काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेड बीच एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी औपाचारिक रुपमा मिति २०८० असोज १८ गते सम्पन्न भएको छ ।
समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछकुमार यादवले हस्ताक्षर गरेका छन् ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड मिति २०८० साल आषाढ २८ गते बाट सन्राइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सन्राइज बैंक लिमिटेड भई एकीकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सन्राइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेडबाट मर्चेन्ट बैकिङ्ग लगायत अन्य सेवाहरु छुट्टा—छुट्टै रुपमा प्रवाह गरिरहेको अवस्थामा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)नियमावली, २०६४ को दफा२९ (क) बमोजिम एकै प्रकृतिका कम्पनीहरु आवश्यक नभएको कुरालाई मध्यनजर गर्दै एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैकिङ्ग व्यवसाय संचालन गर्नु पर्ने हुँदा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेड बीच आपसमा गाभ्ने÷गाभिने (मर्ज) हुन लागेको हो ।
मर्जर पश्चात् कम्पनीको चुक्ता पुँजी ४८ करोड रुपैयाँ पुग्नेछ साथै अझ सबल रुपमा व्यासाय विस्तार गर्न सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।
लक्ष्मी र सनराइज क्यापिटल एक आपसमा गाभिने, गरे सम्झौता
आर्थीकसंसार संवाददाता१९ असोज, २०८०
१९ असोज, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन