News Portal

  • बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता१७ असोज, २०८०
    २८६ पटक
    १७ असोज, २०८०

    काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
    आज एक कार्यक्रमका बीच सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक श्री शिव प्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोख्रेलले हस्ताक्षर गर्नु भएको हो । सम्झौतासँगै अब बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुने छ ।

    प्रतिकृया दिनुहोस्