News Portal

  • राजमार्ग सचेतनाका लागि सेन्ट्रल फाइनान्स चन्द्रपुर शाखाले जडान गर्याे होर्डिङ बोर्ड

    आर्थीकसंसार संवाददाता१३ असोज, २०८०
    १३५ पटक
    १३ असोज, २०८०

    काठमाडौं । सेन्ट्रल फाईनान्स् लिमिटेड चन्द्रपुर शाखाले रौतहटको राजमार्गमा सचेतना मूलक होर्डिङ्ग बोर्डहरु लगाएको छ । रौतहट जिल्लाको राजमार्गको धनसार पुलदेखि बागमतीसम्मका विभिन्न स्थानहरुमा उक्त होर्डिङ्ग बोर्डहरु लगाइएको हो ।

    ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, तीव्र गति जीवन क्षति जस्ता चेतनामूलक सन्देश सहितको होर्डिङ्ग बोर्डहरु सेन्ट्रल फाईनान्स चन्द्रपुर शाखाले जिल्ला ट्राफिक प्रहरी कार्यालय, चन्द्रपुरको सहयोगमा लगाएको हो ।

    दुर्घटना न्यूनीकरणमा सहयोगसिद्ध यस्ता होर्डिङ्ग बोर्डहरु राजमार्गमा लगाउने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, चन्द्रपुरका प्रमुख सुशिल आचार्य तथा संस्थाको चन्द्रपुर शाखाका प्रमुख लोकनाथ पौडेललगायत संस्थाका कर्मचारीहरुको उपस्थिति थियो ।

    त्यस्तै, संस्थाको डकाहा शाखाले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । दुधौली नगरपालिका वडा नम्बर ४ स्थित सरस्वती क्याम्पसमा आयोजित रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी लगायत २४ जनाले रक्तदान गरेका थिए ।

    नेपाल रेडक्रस सोसाइटी सिर्थौली उपशाखा, इलाका प्रहरी कार्यालय डकाहा र दुधौली नगरपालिका वडा नं. ४ को समन्वयमा संस्थाले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी डकाहा शाखाका शाखा प्रमुख दिपेश पाण्डले बताए ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको डकाहा तथा चन्द्रपुर शाखा कार्यालयबाट उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

    नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको छ । संस्थाको कुपण्डोल स्थित केन्द्रीय कार्यालय सहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।

    संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, राइट मर्चेन्ट क्युूआर पेमेन्ट, क्यूआर टेलर, रेमिट्यान्स सेवा, सी–आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्