News Portal

  • दशैंको मुखमै सरकारको महँगी उपहार

    आर्थीकसंसार संवाददाता१३ असोज, २०८०
    १६० पटक
    १३ असोज, २०८०

    काठमाडौं । नेपालीहरुको महान पर्व आउन अब एक महिना पनि बाँकी छैन। सर्वसाधारणहरु दशैंका लागि किनमेलमा व्यस्त भइसकेका छन् । मुख्य बजारहरुमा किनमेल गर्ने मानिसहरुको भीड बढ्न थालिसकेको छ ।

    कतिपय मानिसहरु दशैंलाई विशेष बनाउन विदेशबाट घर फर्किरहेका छन् भने कतिपय शहरबाट गाउँ फर्किने तयारी गरिरहेका छन् । यही बीचमा सरकारले नागरिकलाई विशेष उहार दिएको छ ।

    नेपाल सरकारको मातहतमा रहेको नेपाल आयल निगमले सार्वजनिक विदाको दिन अर्थात् शनिबार पनि खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र हवाइ इन्धनको मूल्य बढाएर जनतालाई उपहार प्रदान गरेको छ । सरकारले दशैंको मुखमै महँगी उपहार दिएको छ ।

    चाडपर्वको समयमा बढाएको २१५ रुपैयाँ सर्वसाधारणका लागि धेरै हो । यस्तै, पेट्रोल र डिजेलको मूल्य पनि लिटरमा दुई रुपैयाँले बढेको छ भने हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ८ रुपैयाँले बढेको छ ।

    अब पेट्रोलको मूल्य प्रतिलिटर १८५ रुपैयाँ पर्ने भएको छ भने डिजेलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ पर्ने भएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर १.०९५ डलर पर्ने भएको छ भने आन्तिरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ पर्ने भएको छ ।

    निगमले भारतले मूल्य बढाएर पठाएकोले नेपालमा पनि बढाएको बताएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य बढाएसँगै अब बजारमा पनि विभिन्न वस्तुको मूल्य बढ्ने भएको छ । सार्वजनिक सवारी र हवाई भाडा पनि बढ्ने निश्चित छ ।

    प्रतिकृया दिनुहोस्