काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ता, ग्राहक बर्ग एवं सर्वसाधारणहरुलाई लाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उद्देश्यले स्मार्ट मोवाईल एपको सुरुवात गरेको छ ।
कम्पनीले काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोवाइल एपको शुभारम्भ गर्नुभयोे ।
मोवाइल एपको शुभारम्भ गर्दै अध्यक्ष सिंहले कम्पनीले सुरु गरेको यस स्मार्ट मोवाईल एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीमालेख सम्वन्धि सम्पुर्ण जानकारी प्राप्त गर्न सक्ने भएकोले कम्पनीको विश्वसनियतामा अझ वृद्धि हुने विचार व्यक्त गर्नुभयो ।
यसै गरी प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धत्ता अनुरुप कम्पनीले स्मार्ट मोवाईल एप लञ्च गरेको र यस एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकहरुले डिजिटलाइजेसनको मार्फत छिटो छरितो कार्य सम्पादन गर्न सक्ने बताउनु भयो ।
स्मार्ट एपको विशेषताका बारेमा कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीले विस्तृत जानकारी गराउनु हुँदै यस एपबाट अभिकर्ताले आफ्नो लगायत संजालको व्यवसाय साथै आफ्ना बीमितहरुको बीमालेख सम्वन्धमा आवाश्यक जानकारी प्राप्त गर्न सकिने र एप मार्फत नै आफ्ना बीमितहरुलाई सम्पर्क गरी बीमालेख व्यतित हुनबाट जोगाउन सक्ने व्यवस्था रहेका बारे जानकारी गराउनु भयो ।
यसै गरी कम्पनीका बीमितहरुले एप मार्फत बीमाशुल्क नविकरणका सूचना प्राप्त गर्न सक्ने र एप मार्फत नै नविकरण बीमाशुल्क डिजिटल भुक्तानी गर्न सक्ने एवं सर्व साधारणहरुले पनि कम्पनीका बारेमा विविध महत्वपूर्ण सूचनाहरु प्राप्त गर्ने लगायतका धेरै विशेषताहरु एपमा रहेको जानकारी गराउनु भएको थियो
कार्यक्रममा सहभागि अभिकर्ताहरुले एपको माध्यमबाट सहज रुपमा घरै बसी धेरै कार्य गर्न सकिने भएको हुँदा आगामी दिनमा बीमा व्यवसाय प्रवद्र्धनमा अझ बढि सहयोग मिल्ने धारण राख्नु भएको थियो ।
कार्यक्रममा, देशैभरी रहेका प्रदेश एवं शाखा कार्यालयका प्रमुखहरु र बरिष्ठ अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेशनल लाईफले ल्यायो स्मार्ट मोवाईल एप
आर्थीकसंसार संवाददाता९ असोज, २०८०
९ असोज, २०८०- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो