News Portal

  • रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कमा बृद्धि

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७७
    १२२७ पटक
    २१ कार्तिक, २०७७

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क बढेको छ । इन्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क ९१.९७ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष २०७६÷७७ को असोज मसान्तसम्म २४ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको सोही अवधिसम्म ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२ करोड २८ लाख रुपैयाँले बढी हो ।
    त्यसैगरी, कम्पनीको खुद बीमाशुल्कसँगै खुद नाफामा बृद्धि भएको छ । यस अवधिमा कम्पनीले खुद नाफा ६२.४३ प्रतिशतले बढाएर ३ करोड ७३ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको असोज मसान्तसम्ममा एक करोड ८५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । इन्योरेन्सले आईपीओ जारी गरेपश्चात २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी पु¥याएको कम्पनीको जगेडा कोषमा १७ करोड ३० लाख रुपैयाँ सञ्चित अवस्थामा रहेको छ । जुन गत आवको असोज मसान्तसम्ममा ११ करोड १० लाख रुपैयाँ मात्रै कम्पनीको जगेडा कोषमा सञ्चित रहेको थियो । गत आवको असोजसम्ममा ५३ करोड ५२ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा एक अर्ब ३९ करोड रुपैयाँ सञ्चित भएको छ । महाविपत्ती कोष पनि बढेर एक करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ ।
    त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ रहेको छ जुन गणना गर्दा अन्तिम सेयर संख्या लिएको कम्पनीले जानकारी गराएको छ । प्रतिसेयर नेटवर्थ १०९.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०४.७५ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७५.६१ रुपैयाँ कायम रहेको छ ।
    गत असोजमा ४ हजार १३८ वटा बीमालेख जारी ४८ करोड २८ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीले हालसम्ममा कम्पनीले २ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन कम्पनीले गत आवको सो अवधिसम्ममा ९९ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । इन्स्योरेन्सले हालसम्ममा ६६ हजार ११३ वटा बीमालेख जारी गरी ३ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत असोज मसान्तसम्ममा १२ वटा दाबी बापत ६ करोड ६६ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरिसकेको र ४ वटा दाबी वापत ४७ लाख ५० हजार रुपैयाँ भने भुक्तानी हुन बाँकी रहेको कम्पनीले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्