News Portal

  • हिमालयन लाइफको एक दिने ग्राण्ड मोटिभेसन कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता७ असोज, २०८०
    १७६ पटक
    ७ असोज, २०८०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लुम्बिनी प्रादेशिक कार्यालयले प्रदेश स्थरिय लर्न हाउ टु अर्न भन्ने मुल नाराको साथमा एक दिने ग्राण्ड मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम कार्यक्रम बुटवलमा भब्यरुपमा कार्यक्रम सम्पन्न भएको हो ।

    अन्तराष्ट्रिय मोटिभेटर तथा टेनर बाट मोटिभेसन कार्यक्रममा सहभागी हुने गरि कम्पनीले गत श्रावण महिनामा अभिकर्तालाई आन्तरिक स्किमको ब्यवस्था गरेको थियो । सोही स्किम बमोजिम करिब ३५० जना लुम्बिनी प्रदेशबाट क्वालिफाईड भएका अभिकर्तालाई भारत बाट लामो अनुभव भएका मोटिभेटर साहिद अबजल अहमदले उक्त प्रशिक्षण दिएका हुन् ।

    जीवन बीमामा अभिकर्ता कसरी फेल हुन्छन,मार्केटमा बीमाको कन्सेप्ट कसरी प्रस्तुत गर्ने र समग्र सफल अभिकर्ता बन्नको लागि ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी सहितको करिब ४ घण्टाको आकर्ष सेसन प्रमुख प्रशिक्षक अहमदले प्रशिक्षण दिएका थिए ।

    असोज ६ गते करिब १० बजेबाट सुरु भएको कार्यक्रममा सहभागी लाई स्वागत मन्तव्य मार्फत स्वागत कम्पनीको प्रदेश उप प्रमुख नकुल पान्डेले गरेका थिए । कार्यक्रमको सभापतित्व प्रदेश प्रमुख बुद्ध सुर्यबसिले गरेको उक्त कार्यक्रम मा मार्केटिङ प्रमुख नवीन थापाले कम्पनी को स्किम बारे प्रस्ट पारेका थिए भने कार्यक्रमको सन्चालन सिभ कुमाल गरेका थिए ।

    साथै श्रवण महिनामा हरेक शाखा उप शाखाबाट टप ब्यवसाय गर्ने झन्डै २५जना अभिकर्ताहरुलाई संमान समेत गरियको थियो

    प्रतिकृया दिनुहोस्