आर्थीकसंसार संवाददाता७ असोज, २०८०
७ असोज, २०८०काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले बागलुङ्गमा बीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असोज ५ गते बागलुङ्ग नगरपालिका वडा नं.२ र ३ मा उक्त कार्यक्रम सम्पन्न गरेको हो । सञ्चालित कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम प्रभु इन्स्योरेन्स गण्डकी प्रदेशका प्रादेशिक प्रमुख रबिन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा बीमा सम्वन्धी विभिन्न जानकारीहरु प्रदान गरिनुका साथै जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुसंग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरिएको थियो ।