News Portal

  • ब्लाक डायमण्ड ग्रुपको रिफ्रेसमेन्ट तथा सम्मान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता६ असोज, २०८०
    ५१५ पटक
    ६ असोज, २०८०

    काठमाडौं । आज असोज ६ गते दमकमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्गत रहेको ब्लाक डायमण्ड ग्रुपको रिफ्रेसमेन्ट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । १५० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश उप प्रमुख ओम प्रकाश राई, बिष्ट अतिथि ट्रेनर विपी रेग्मी, विभिन्न कम्पनीका ब्रान्च म्यानेजर,यस ग्रुप कार टप लिडरहरु साथै, कार्यक्रमको अध्यक्ष चिफ एजेन्सी मेनेजर एमडिआरटी नगेन्द्र कुमार श्रेष्ठको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

    यस कार्यक्रममा विपी रेग्मीले तीन घण्टा बीमा बिक्री कला तथा उत्प्रेरणा सम्बन्धी तालिम दिएका थिए । प्रमुख अतिथि प्रदेश उपप्रमुख ओम प्रकाश राईले अभिकर्ताको जिम्वेवारी र काम कर्तव्य बारेमा जानकारी दिएका थिए । यस ग्रुप रहेका लिडरहरुलाई विभिन्न विधामा उत्कृष्ठ व्यवसाय गर्ने ६० जनालाई सम्मान गरिएको थियो। साथै २०२४ को एमडिआरटी अन्जना कार्कीलाई पञ्चेबाजा सहितको सम्मना गरिएको थियो ।

    यस कार्यक्रमको प्रमुख लिडर नगेन्द्र कुमार श्रेष्ठले आफ्नो खर्चमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको र अब आउने समय २०८० /८१ मा आफ्नो खर्च के के गर्ने कहिले कहिले कार्यक्रम गर्ने तालिका सम्बन्धी जानकारी गराएका थिए ।
    प्रतिकृया दिनुहोस्