News Portal

  • एनआईसी एशियाले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    आर्थीकसंसार संवाददाता५ असोज, २०८०
    १२२ पटक
    ५ असोज, २०८०

    काठमाडौं । एनआईसी एशिया बैंकले आगामी असोज २८ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । असोज ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो दिन २६औं वार्षिक साधारण सभा आव्हान गरेको हो ।

    उक्त सभा सो दिन बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्दै छ ।

    त्यस्तै, सभामा जाने प्रयोजनको लागि बैंकले असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    बैंकले गत भदौ २९ गते नै गत आवको लाभांश घोषणा गरेको थियो । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने छ ।

    प्रतिकृया दिनुहोस्