News Portal

  • सिटिजन लाइफका संस्थापक सेयरधनीले १५ दिनभित्र सेयर अभौतिकीकरण गर्नुपर्ने

    आर्थीकसंसार संवाददाता५ असोज, २०८०
    १४४ पटक
    ५ असोज, २०८०

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीले १५ दिनभित्रमा सेयर अभौतिकीकरण गर्नुपर्ने भएको छ । कम्पनीले सेयर सिडिएस एण्ड क्लियरिङमा दर्ता तथा नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेको हुदाँ संस्थापक सेयरधनीहरुलाई आजको मिति अर्थात असोज ५ गतेबाट १५ दिनभित्रमा सेयर अभौतिकीकरण गराउन आग्रह गरेको हो ।

    जसको लागि सेयरधनीहरुले आवश्यक कागजात सहित कम्पनीको वेबसाइटमा उपलब्ध ‘अभौतिकीकरण गरिदिने फाराम’ भर्नु पर्ने छ । र, अबको १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंको थापाथलीस्थित एलएस कम्प्लेक्समा बुझाउनु पर्ने कम्पनीले एक सूचना मार्फत जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्