News Portal

  • राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव कृष्णहरी पुष्कर

    आर्थीकसंसार संवाददाता४ असोज, २०८०
    २७४ पटक
    ४ असोज, २०८०

    काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव डा.कृष्णहरि पुष्कर नियुक्त भएका छन् । साथै, राष्ट्र बैंक सञ्चालक समितिको पदेन सदस्यका रुपमा अर्थ सचिव पुष्करले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग शपथ लिएका हुन् ।

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ ९१० मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

    यसअघि अर्थसचिव रहेका अर्जुन पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा भएपछि कृष्णहरि पुष्करले अर्थसचिवको जिम्मेवारी पाएका हुन् ।

    प्रतिकृया दिनुहोस्