News Portal

  • एनआईसी एशिया बैंकको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता४ असोज, २०८०
    १८७ पटक
    ४ असोज, २०८०

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५ लाख कित्ता संस्थापक शेयर असोज ४ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता ३६० रूपैयाँ मूल्य तोकेर उक्त शेयर वद्यमान संस्थापक शेयरधनीहरू लगायत अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    धितोपत्र दोस्रो बजारमा बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ३३१ रूपैयाँ ३० पैसा रहेको छ । ईच्छुक खरिद दकर्ताहरूले असोज १० गते अपरान्ह ३ बजेभित्र विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् ।
    प्रतिकृया दिनुहोस्