News Portal

  • सनराइज क्यापिटल लिमिटेडको नयाँ पुस्तालाई लक्षित गरी पुँजी बजार सम्बन्धी सारक्षरता अभियान संचालन

    आर्थीकसंसार संवाददाता४ असोज, २०८०
    १८६ पटक
    ४ असोज, २०८०

    सन्राईज क्यापिटल लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ पुस्तालाई लक्षित गरी पुँजी बजार सम्बन्धी सारक्षरता अभियान संचालन

    काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्स प्रा. लि.को सहकार्यमा, पूँजी बजार साक्षरता सुधार गर्न र युवा पुस्तालाई सशक्तिकरण गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सराहनीय कदम चालेको छ । बि.सं. २०८० को भदौ २४ गते देखि २७ गते सम्म नेपालगञ्ज, लुम्बिनी प्रदेश (प्रदेश ५), सुर्खेत, कर्णाली प्रदेश (प्रदेश ६), र धनगढी, सुदूरपश्चिम प्रदेश (प्रदेश ७) का विभिन्न कलेजहरूमा लगानी सचेतना तथा तालिम कार्यक्रमहरू सञ्चालन गरिएको छ । उक्त कार्यक्रमबाट सन्राईज क्यापिटल लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) पूरा गर्नुका साथै नयाँ पुस्तालाई पुँजी बजार सम्बन्धमा साक्षर बनाउन र सेयर बजार लगानी सम्बन्धि व्यावहारिक तथा आधारभुत ज्ञान प्रदान गर्न सफल भएको छ ।
    उक्त कार्यक्रम मिति २०८०÷०५÷२४ मा धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमी (एस.पी.ए कलेज) र मिति २०८०÷०५÷२५ मा ऐश्वर्या बहुमुखी क्याम्पसमा सम्पन्न गरिएको थियो, जसमा २५० भन्दा बढीको सहभागी रहेको र विशेष गरेर स्नातक तहका बिद्यार्थीहरू सो कार्यक्रमबाट लाभान्वित भएका थिए । यस्ता कार्यक्रमहरुले बिद्यार्थी वर्गहरुलाई पूँजी बजारको शुक्ष्म ज्ञान प्रदान गर्नुका साथै लगानी रणनीतिहरू, बजार विश्लेषण र वित्तीय योजनाहरूमा लियो आधार प्रदान गर्न सहयोगी हुनेछ भन्ने यो कम्पनीको थम्याई रहेको छ ।
    (धनगढी, सुदूरपश्चिम प्रदेश (प्रदेश ७), सुदूर पश्चिमाञ्चल एकेडेमी (एस.पी.ए कलेज) कार्यक्रमका फोटो)


    (धनगढी, सुदूरपश्चिम प्रदेश (प्रदेश ७), ऐश्वर्या बहुमुखी क्याम्पसको कार्यक्रमका फोटो)

    सनराइज क्यापिटलको पुँजी बजार लगानी सचेतना कार्यक्रम मिति २०८०÷०५÷२६ मा प्रदेश ५ नेपालगञ्ज स्थित बाँके बागेश्वरी क्याम्पसका गैर–व्यावसायिक, तर प्राविधिक, आईटी र इन्जिनियरिङ स्नातक तहका बिधार्थीहरूलाई पुँजी बजारका विषयवस्तुका बारे सामान्य ज्ञान तथा शिप सशक्तिकरण गर्ने उद्धेश्यले आयोजना गरेको थियो । उक्त कार्यक्रम प्राविधिक विशेषज्ञता र वित्तीय ज्ञान बीचको अन्तरलाई न्युन गर्न फलदायी रहेको बुझिन्छ ।
    प्रदेश ५, बाँके, नेपालगञ्ज स्थित बाँके बागेश्वरी क्याम्पस कार्यक्रमका फोटो

    साथै मिति २०८०÷०५÷२७ मा कर्णाली प्रदेश ६, सुर्खेतमा एक अग्रगामी शैक्षिक संस्था सुर्खेत मोडल कलेजमा आयोजित कार्यक्रममा विद्यार्थी समुदायबाट अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सफल रहेको क्यापिटलको तर्फबाट इन्भेस्टमेन्ट बैंकिङ प्रमुख विनोद आलेले जानकारी दिनु भयो । सहभागीहरूले आर्थिक आत्मनिर्भरताको भावनालाई प्रज्वलित गर्दै आफ्नो वित्तीय गतिविधिमा आफ्नो नयाँ ज्ञानलाई लागू गर्न उत्सुकता व्यक्त गरे । कार्यक्रममा सुर्खेत शाखाका शाखा प्रबन्धक श्रीमती सुष्मा गिरीको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको प्रेरणादायी प्रतिनिधित्व पनि रह्यो ।
    कर्णाली प्रदेश ६, सुर्खेतमा सुर्खेत मोडल कलेजका फोटो

    यस किसिमको पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम देशको ७ वटै प्रदेशमा गर्न सनराईज् क्यापिटल लि. सदा अग्रसर रहेको सनराईज् क्यापिटल लिमिटेडका कार्यकारी प्रमुख श्री बिजय लाल श्रेष्ठले जनाउनु भयो । यस अभियानको नेतृत्व सनराइज क्यापिटलका इन्भेस्टमेन्ट बैंकिङका प्रमुख विनोद आलेले गरेका थिए, जसमा धितोपत्र कारोबार, लगानी रणनीति, जोखिम व्यवस्थापन, डिम्याट, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्ड, मर्चेन्ट बैंकिङ, अनुसन्धान र सल्लाहकार र प्रणालीगत लगानी लगायतका मुख्य क्षेत्रहरूमा केन्द्रित गरिएको थियो । नेपालको पूर्वी प्रान्तमा यस पहललाई निरन्तरता दिने र विस्तार गर्ने योजनासहित कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्