
काठमाडौं । कृषि विकास बैंक र घरघरमा डाक्टर प्रालिबीच व्यवसायिक सहकार्यको सम्झौता भएको छ । घरघरमा डाक्टर प्रालिले रोग निधान तथा प्रतिरक्षाका लागि सर सल्लाह सहितको उपचारको प्रवन्ध गर्दछ भने कृषि विकास बैंकले घरघरमा डाक्टर प्रालिका ग्राहकहरुको पाँच लाख रुपैयाँको दुर्घटना बीमा सहितको बैंक खाता खोली कारोबारमा सहजता कार्य गर्दछ ।
घरघरमा डाक्टर प्रालिका अध्यक्ष हेमा जिसी र कृषि विकास बैंकका उप महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले यस सम्बन्त्री सम्झौता पत्रमा हस्ताक्षर गरी कारोबारको विधिवत सुरुवात गरेका छन् । सम्झौता पत्र आदान प्रदान गर्दै घरघरमा डाक्टर प्रालिका अध्यक्ष जिसीले सहकार्यले दुबै संस्थालाई एक ठाउँमा ल्याएको छ ।
बैंकका उप महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले घरघरमा डाक्टर प्रालिका देशभरी रहेका सेवाग्राही, प्रालिका कर्मचारीको तलब बचत खातालगायत कर्जा, बैंक जमानत तथा प्र्रतितपत्र कारोबार समेत बैंकले गर्ने गरी भएको सम्झौताकालागि धन्यवाद व्यक्त गर्दै बैंक सँधै ग्राहक सेवामा समर्पित रही गुनासो रहित सेवा प्रदान गर्न तत्पर रहेको बताए ।
बैंकिङ बजारमा सरकारी बैंकको बारोबारका सम्बन्धमा सकरात्मक धारणा सृजना हुँदै गइरहेको र सरकारी बैंक नै देशको बैंकिङ सेवाको मेरुदण्ड हुने गरी यो सम्बन्धलाई थप मजबुत बनाइ दियो प्रभावकारी कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्झौतामा बैंकले घरघरमा डाक्टर प्रालिका सेवाग्राहीहरुको पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सहतिको बैंक खाता खोल्ने छ भने घरघरमा डाक्टर प्रा।लिका कर्मचारीहरुकालागि विनाधितो कर्जा दिनेछ । यस अतिरिक्त तलब खातामा बैंकका सेवाहरुमा छुट प्रदान गर्नेछ । घरघरमा डाक्टर प्रालिले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पुर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको ५० प्रतिशतमा छुट दिनेछ ।
सम्झौता समारोहमा बैंकका ब्राण्ड एम्बेसेडर जितु नेपाल, बैंकको मार्केटिंग तथा सेल्स विभागका विभागीय प्रमुअ वीना शर्मा, सेन्ट्रल अपरेशन विभागका विभागिय प्रमुख मीन राज पोखरेल लगायत घरघरमा डाक्टर प्रालीका कर्मचारीहरु र बैंकको मार्केटिंङ तथा सेल्स विभागका कर्मचारीहरुको उपस्थिती थियो ।