काठमाडौं । आज मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको कुल ३ करोड २० लाख कित्ता आइपीओ सूचिकृत भएको हो ।कम्पनीको शेयर स्टक सिम्बोल एसएनएलआई रहेको छ ।
कम्पनीको आइपीओलाई पहिलो कारोबारको लागि नेप्सले प्रतिकित्ता १८५ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्म ओपन रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर बिहीवार देखि कारोबारमा आउनेछ । भोलि सार्वजनिक विदा भएकाले अव कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा असोज ४ गते बिहीवार देखि कारोबारमा आउनेछ ।
शेयर सूचीकरण पश्चात कम्पनीले दिनुपर्ने आरटिएस सेवा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड ठमेल काठमाडौंबाट हुने समेत यसै सूचना मार्फत कम्पनीले जनाएको छ ।