News Portal

  • साधना लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    आर्थीकसंसार संवाददाता२ असोज, २०८०
    १६४ पटक
    २ असोज, २०८०

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ११ हजार ९९५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको लागि संस्थाका विद्यामान संस्थापक शेयरधनीहरुबाट तोकिएको समयावधिमा खरिद आवेदन नपरेपछि अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न लागेको जनाएको छ ।

    उक्त शेयर खरिद गर्न इच्छुक जो–कोहीले सूचना प्रकाशित मितिले ७ दिनभित्र आवश्यक कागजात संकलन गरि खरिद गर्न चाहेको शेयर विवरण समेत खुलाई संस्थाको केन्द्रीय कार्यालय गोरखा–६, हरमटारीमा आवेदन दिन सकिनेछ ।

    प्रतिकृया दिनुहोस्