News Portal

  • ग्लोबल आइएमई क्यापिटलको शेयर बाँडफाँड सम्पन्न

    आर्थीकसंसार संवाददाता२ असोज, २०८०
    १४७ पटक
    २ असोज, २०८०

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको सर्वसाधारणका लागि खुल्ला गरिएको शेयर बाँडफाँड सम्पन्न भएको छ । क्यापिटलले आज एक विज्ञप्ति जारी गदैं भदौ २१ देखि २५ गतेसम्म २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणको लागि आह्वान गरिएकोमा मंगलबार बिहान बाँडफाँड सम्पन्न भएको जनाएको हो । क्यापिटलका अनुसार उक्त अवधिमा जम्मा २४,२७,७५० कित्ता शेयरका लागि सर्वसाधारणबाट दरखास्त आह्वान गरिएकोमा आवश्यक भन्दा झण्डै १२.२६ गुणा बढी आवेदन प्राप्त भएको थियो ।

    उक्त शेयरका लागि आज मंगलबारका दिन बिहान ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लि. को रजिष्टर्ड कार्यालय नक्साल, काठमाण्डौंमा नियामक निकाय, लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँट कार्य सम्पन्न भएको छ ।

    क्यापिटलका अनुसार २४,२७,७५० कित्ता शेयरको लागि जम्मा १२,७०,९९१ जना आवेदनहरुबाट २,९७,५९,८२० कित्ता शेयरको लागि दरखास्त प्राप्त भएको थियो । सो मध्ये आवश्यक रुजु र छानबिन गर्दा दोहोरो/तेहोरो आवेदन दिने ५४६ जना थिए भने १,०८,३०० कित्ता शेयर रद्द भएको छ ।

    १२,७६,७०९ जना आवेदहरुबाट प्राप्त भएको २,९६,५१,५२० कित्ता शेयर बाँडफाँट गर्न लागि योग्य रहेको देखिएकोले २० कित्तादेखि २०,००० कित्तासम्म आवेदन दिनुहुने १२,७६,७०९ जना आवेदकमध्ये १,२१,३८७ जनालाई गोलाप्रथा विधि मार्फत २० किताका दरले २४,२७,७४० कित्ता शेयर बाँडफाँट गरी बाँकि रहेको १० कित्ता शेयरका लागि गोलाप्रथा विधि मार्फत ४० कित्तादेखि २०,००० कित्तासम्म आवेदन दिने ७९,६३७ जना शेयरधनीहरु मध्येबाट दश (१०) जनालाई १–१ कित्ताको दरले शेयर बाँडफाँट गरी कूल २४,२७,७५० कित्ता शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्