News Portal

  • सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड

    आर्थीकसंसार संवाददाता२ असोज, २०८०
    २३७ पटक
    २ असोज, २०८०

    काठमाडौं । श्री एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा श्री सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको जारी पूँजी रु.३,०७,५०,५०,०००/– (अक्षरेपी तीन अर्ब सात करोड पचास लाख पचास हजार) मध्ये ३५% अर्थात रु.१,०७,६२,६७,५००/– (अक्षरेपी एक अर्ब सात करोड बैसठ्ठी लाख सतसठ्ठी हजार पाँच सय) रकम बराबरको १,०७,६२,६७५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न छुट्टयाईएकोमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई छुट्याईएको शेयर बाँडफाँड पश्चात् बाँकी रहेको १४,०३,००५ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिने १,०७,६२,६७५ शेयरमा समायोजन गरी कुल १,२१,६५,६८० कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि निष्काशन गरिने छ ।
    सो सर्वसाधारणलाई छुट्टयाईएको शेयर मध्ये, विवरणपत्रमा व्यवस्था भए बमोजिम १० प्रतिशतले हुन आउने १२,१६,५६८ कित्ता साधारण शेयर प्रति शेयर रु.१००÷अङ्कित दरमा प्रिमियम वापत रु.१३७.५८/– थप गरी जम्मा प्रति शेयर मूल्य रु.२३७.५८/– को दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि मिति २०८०/०४/२९ गते देखि मिति २०८०/०५/११ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी योग्य आवेदकहरुमा सो निष्काशित शेयरहरुको आज मिति २०८०/०६/०२ गते दिनकोे २ः१५ बजे निष्काशन तथा बिक्री प्रबन्धक श्री एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड कार्यक्रम सम्पन्न भयो ।
    १६,९३,३५० कित्ता खरिदका लागि ३०,३६० जना आवेदकबाट आवेदन प्राप्त भएकोमा १२ जना आवेदकहरुबाट ४५० कित्ता रितपुर्वक नदेखिएकोले सो आवेदनहरुलाई अयोग्य ठह¥याई रद्द गरी कूल ३०,३४८ जना आवेदकहरुबाट १६,९२,९०० कित्ताका लागि रितपूर्वक दरखास्त प्राप्त भएकोमा, धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम सर्वप्रथम रितपूर्वक आवेदन दिनुहुने न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने १०,५९१ जना आवेदकहरुलाई माग बमोेजिमका २,४६,०६० कित्ता तथा ५० देखि ३,००० कित्ता सम्म माग गर्ने १९,७५७ जना आवेदकहरुलाई ४० कित्ताका दरले ७,९०,२८० कित्ता गरी कुल १०,३६,३४० कित्ता बाँडफाँड गरियो । सो बाँडफाँड पश्चात् बाँकी रहन गएको १,८०,२२८ कित्ताको हकमा ५० देखि ३,००० कित्ता सम्म माग गर्ने १९,७५७ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुनेभएकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम ५० देखि ३,००० कित्ता सम्म मागगर्ने सम्पुर्ण आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि द्धारा थप १० कित्ताका दरले १८,०२२ जना सफल आवेदक छनोट गरी १,८०,२२० कित्ता बाँडफाँड गरियो । सो बाँडफाँड पश्चात् बाँकी रहन गएको ८ कित्ता शेयरको हकमा ६० देखि ३,००० कित्ता सम्म मागगर्ने ११,४१८ जना आवेदकहरु मध्ये १ जना आवेदकले ८ कित्ता पाउने गरी पुनः गोलाप्रथाको माध्यमबाट बाँडफाँड गरिएको छ ।

    प्रतिकृया दिनुहोस्