News Portal

  • प्राइम बैंकको एक अर्ब बढी नाफा

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०७७
    १५६२ पटक
    २० कार्तिक, २०७७

    काठमाडौं । प्राइम कमर्शियल बैंकले एक अर्ब बढी नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब एक लाख रुपैयाँ नाफा गरेको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.२४ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिना अर्थात असोज मसान्तसम्ममा ६५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
    प्राइम बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत असोज मसान्तसम्ममा बैंकले एक अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुत गत आवको तुलनामा ४९ करोड रुपैयाँ अर्थात ३१ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा एक अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, सो अवधिमा बैंकको सञ्चालन नाफा एक अर्ब ५७ करोड रुपैयाँबाट बढेर २ अर्ब २५ करोड रुपैयाँमा पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन एक खर्ब १९ करोड रुपैयाँबाट बढेर एक खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी एक खर्ब १० अर्ब रुपैयाँबाट बढेर एक खर्ब १३ करोड रुपैयाँ पुगेको छ । बैंकको हाल १३ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषको रकम बढेर २१ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २१.११ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.८६ गुणा रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार ११३ रुपैयाँ रहेको छ ।
    समीक्षा अवधिमा निष्क्रिय कर्जा बढेर १.३७ प्रतिशतमा पुगेको छ । बैंकको कष्ट अफ फण्ड घटेर ६.२६ प्रतिशतमा झरेको छ भने सीसीडी रेसियो बढेर ८०.०३ प्रतिशत पुगेको छ । त्यस्तै, गत असोज मसान्तमा बैंकको स्प्रेड दर घटेर ८.१२ प्रतिशतमा र आधार दर ४.४० प्रतिशतमा झरेको छ । जुन गत आवको असोज मसान्तमा क्रमशः ९.६७ प्रतिशत र ५.१८ प्रतिशतमा रहेको थियो ।

    प्रतिकृया दिनुहोस्