काठमाडौं । मिति २०८० भदौ ३१ गतेका दिन बसेको सञ्चालक समितिको ५५ औँ बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा श्री लेखनाथ पोख्रेलज्यूलाई मिति २०८०÷०५÷३१ गतेदेखि लागू हुने गरी नियुक्त गरेको छ । यस अघि निजले नेपाल एसबिआई बैंक लि.को वित्त, लेखापरिक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । बंैकिङ्ग तथा वित्तीय क्षेत्रमा १० बर्ष भन्दा बढीको कार्य अनुभव सँगाल्नु भएका पोख्रेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुनुहुन्छ ।
नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोख्रेलज्यूको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं मर्चेण्ट बैंकिङ्गबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा यस मर्चेण्ट विश्वस्त रहेको छ ।
नेपाल एसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको यस मर्चेण्टको चुक्ता पूँजी रु २० करोड रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपाल एसबिआई मर्चेण्टको सीईओमा लेखनाथ पोख्रेल नियुक्त
आर्थीकसंसार संवाददाता३१ भदौ, २०८०
३१ भदौ, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन