News Portal

  • नेपाल एसबिआई बैंक र ओम्नी मोटर्सबीच सम्झौता

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८०
    २१६ पटक
    ३१ भदौ, २०८०

    काठमाडौं । नेपाल एसबिआई बैंक र ओम्नी मोटर्स प्रा.लि बिच सम्झौता भएको छ । उक्त सम्झौता बैंकका प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र ओम्नी मोटर्स प्रा.लि का तर्फबाट सह निर्देशक उदयन काब्राको संयुक्त हस्ताक्षर बिच बैंकका कर्पोरेट क्रेडिटका प्रमूख विनोद अधिकारी, रिटेल एण्ड एसएमई प्रमूख प्रबिण भट्टराई, र कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

    यस सम्झौताको उद्देश्य बैंकको हायर पर्चेज योजना अन्तर्गत सवारी साधनहरुको फाइनानसिङलाई सहज बनाउनु रहेको छ । यस बैंकले ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्