News Portal

  • नेरुडे लघुवित्तको सम्पत्ति शुद्धिकरण तथा प्रभावकारी फिल्ड व्यवस्थापन तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८०
    १५१ पटक
    ३१ भदौ, २०८०

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय सस्थाले प्रदेश कार्यालय वर्दिवास अन्तर्गत रहेका ५३ जना कार्यालय प्रमुख तथा निरिक्षण अधिकृतहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी १ दिने तालिम शुक्रवार वर्दिवासमा सम्पन्न गरेको छ । उक्त तालिममा श्रोत व्यक्तिको रुपमा नेपाल राष्ट्र बैंकका पुर्व निर्देशक श्याम कृष्ण दाहाल रहेका थिए ।

    त्यसैगरी शनिवार सोही प्रदेश कार्यालय अन्तरगत कै ३५ जना फिल्ड कर्मचारीहरुलाई १ दिने प्रभावकारी फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ । कार्यक्रममा हाल लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका संभावित उपायहरु, नियामक निकायबाट जारी भएका नीति नियमहरु लगायत समग्र फिल्ड व्यवस्थापन सम्बन्धमा तालिम संचालन गरिएको थियो ।

    उक्त तालिमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत भोज राज बस्याल, नायव महाप्रबन्धक भागनारायण साहु र योजना विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्काले गरेका थिए । संस्थाले यसै महिनाको भाद्र ८ गते प्रदेश कार्यालय बुटवल अन्तर्गतका सवै कार्यालय प्रमुख तथा निरिक्षण अधिकृतहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम सम्पन्न गरीसकेको छ ।

    केही दिन भित्रमा प्रदेश कार्यालय इटहरी अन्तर्गतका कार्यालय प्रमुख र निरिक्षण अधिकृतहरुलाई समेत उक्त विषयको तालिम संचालन गरी चालु आ.व.को पहिलो त्रैमास भित्रमा वित्तीय संस्थाका सवै कार्यालय प्रमुख र निरिक्षण अधिकृतहरुलाई सम्पत्ति शुद्धिकरणण सम्बन्धी तालिम सम्पन्न गर्ने लक्ष्य रहेकोे जनाएको छ ।

    प्रतिकृया दिनुहोस्