News Portal

  • कतिमा भयो रिलायबल नेपाल लाइफको पहिलो कारोबार ?

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८०
    ४५८ पटक
    ३१ भदौ, २०८०

    काठममाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर आजबाट दोस्रो बजारमा कारोबार शुरु भएको छ । आज कम्पनीको शेयर प्रतिकित्ता ४८६.६० रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर गत बुधबार नेप्सेमा सूचिकृत भएको थियो। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीन्सलाई १६२ रुपेयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा आज कम्पनीको पहिलो कारोबार भएको हो।

    आज कारोबार शुरु भएको १० मिनेटमा कम्पनीको शेयर मुल्य ४ दशलमव ४० प्रतिशत अर्थात २१ रुपैयाँ ४० पैसाले बढेर ५ सय ८ रुपैयाँ कायम भएको छ । यस अघि कारोबार शुरु भएको ७ मिनेटमा कम्पनीको शेयर मुल्य ७ प्रतिशतभन्दा धेरैले बृद्धि भएको थियो ।

    प्रतिकृया दिनुहोस्