News Portal

  • शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड बचतमा, चालु खाता पनि बचतमा

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८०
    २११ पटक
    ३१ भदौ, २०८०

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को साउनमा शोधनान्तर स्थिति बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ३२ अर्ब ९० करोडले बचतमा रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ५२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २४ करोड ९५ लाखले बचतमा रहेको छ ।

    समीक्षा अवधिमा चालु खाता रु.१२ अर्ब ९९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५ अर्ब १३ करोडले घाटामा रहेको थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ८८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ९ करोड ८५ लाखले बचतमा रहेको छ ।

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६५.९ प्रतिशतले कमी आई रु.२७ करोड २६ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.२ अर्ब ६५ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.८० करोड ३ लाख कायम भएको थियोभने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४० करोड ऋणात्मक रहेको थियो ।

    प्रतिकृया दिनुहोस्