News Portal

  • लाभांश घोषणापछि एनआईसी एशियाको सेयर मूल्य घट्यो, कारोबार भने बढ्यो

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८०
    १६२ पटक
    ३१ भदौ, २०८०

    काठमाडौं । आइतबारको सेयर बजारमा एनआईसी एशिया बैंकको सेयर मूल्य घटेको छ । लाभांश घोषणापछि भएको पहिलो कारोबारमा बैंकको सेयर मूल्य ५ रुपैयाँले घटेको छ । गत बिहीबार प्रतिकित्ता ८१९ रुपैयाँमा भएको बैंकको सेयर कारोबार आइतबार प्रतिकित्ता ८१४ रुपैयाँमा झरेको छ ।

    बैंकले गत शुक्रबार मात्रै सेयरधनीलाई कूल ३०.५ प्रतिशत लाभांश घोषणा गर्ने प्रस्ताव गरेको थियो । एकैपटक तीन आर्थिक वर्षपछि लाभांश घोषणा गर्दा पनि बैंकले कम लाभांश घोषणा गरेकाले लगानीकर्ताहरु खासै खुशी नभएको आइतबारको कारोबारले देखाउँछ ।

    सेयर मूल्य घटेको कम्पनीको सेयर कारोबार भने सर्वाधिक भएको छ । कारोबारमा आएका २७८ वटा स्क्रीप्समध्ये एनआईसी एशियाको मात्रै २७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    समग्रमा आइतबारको बजारमा कूल २ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बिहीबारको तुलनामा ५३ करोड रुपैयाँले बढी हो ।

    कारोबार बढेको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक भने ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.०९ प्रतिशतले घटी हो ।

    राताम्मे देखिएको बजारमा पनि शुभम् पावरको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९८५.६० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ८९.६० रुपैयाँले बढी हो ।

    यता मौलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.२१ प्रतिशतले घटेर प्रतिकित्ता १७१.६० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १७.४० रुपैयाँले घटी हो ।

    प्रतिकृया दिनुहोस्