News Portal

  • हिमालयन रिले ६ अर्बको आईपीओ ल्याउँदै, प्रतिकित्ता कति ?

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८०
    १७२ पटक
    ३१ भदौ, २०८०

    काठमाडौं । नेपालको दोश्रो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले पनि आईपीओ ल्याउने तयारी गरेको छ । इन्स्योरेन्सले प्रिमियम मूल्यमा कूल ३ करोड कित्ता बराबरको आईपीओ ल्याउन लागेको हो ।

    जसको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति समेत मागिसकेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप १०८ रुपैयाँ प्रिमियम थपेर कूल ३ करोड कित्ता सेयर ६ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

    यससँगै बोर्डले स्वीकृति दिएमा कम्पनीले प्रतिकित्ता २०८ रुपैयाँमा सेयर निष्काशन गर्ने छ ।

    आईपीओ निष्काशनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्