News Portal

  • सूर्य कुण्ड हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०८०
    १३१ पटक
    २९ भदौ, २०८०

    काठमाडौं । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता भदौ २७ गते बुधबार सम्पन्न भएको हो ।

    सम्झौतापत्रमा सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुकुन्त लाल हिराचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्