News Portal

  • आजबाट अभिकर्ता तालिम संचालन गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स

    आर्थीकसंसार संवाददाता२८ भदौ, २०८०
    १२३ पटक
    २८ भदौ, २०८०

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आजबाट बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न ईच्छुकहरुको लागि आज भदौ २८ गतेबाट भदौ ३१ गतेसम्म उक्त तालिम संचालन गर्न लागेको हो । तालिम लिन ईच्छुक व्यक्तिहरुले कम्पनीमा निवेदन पेश गरेको आधारमा तालिम प्रदान गर्ने कम्पनीले जनाएको छ ।

    उक्त तालिम जनकपुर शाखा कार्यालयबाट, जुमबाट पनि सहभागी हुन सकिनेछ । तालिम विहान १० बजेदेखि वेलुका ५ बजेसम्म संचालन हुनेछ । सहभागिता शुल्क १ हजार रुपैयाँ लाग्नेछ । अभिकर्ताको लागि न्युनतम एसएलसी उर्तिण वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्नेछ ।

     

    प्रतिकृया दिनुहोस्