News Portal

  • सिटिजन्स बैंकमा खाता खोल्दा फाइदै फाइदा

    आर्थीकसंसार संवाददाता२८ भदौ, २०८०
    १०८ पटक
    २८ भदौ, २०८०

    काठमाडौं । ‘युओर पाटर्नर फर प्रोग्रेस’ अर्थात् प्रगतिको लागि तपाईंको साथी । यो नारा हो सिटिजन्स बैंकको । नेपाली बैंकिङ क्षेत्रमा विभिन्न बैंकहरुका आ–आफ्नै व्यवसायिक रणनीति र योजनाहरु छन् । तर, सबैको लक्ष्य, उद्देश्य र प्राथमिकता गुणस्तरीय छिटो तथा छरितो सेवा र सेयरधनीलाई राम्रो र नियमित प्रतिफल हो । अहिले सबै बैंकहरुको प्रतिस्पर्धा यसैमा नै हो । वित्तीय सूचकहरुलाई मजबुद बनाएर बैंकिङ इण्ड्रस्टीमा ‘राज’ गर्ने चाहना सबै कम्पनीको हुन्छ । तर, कतिले योजना र रणनीति अनुसार काम गर्छत् भने कतिपयले बिचैमा बाटो बिराउँछन् । सिटिजन्स बैंकको पनि महत्वपूर्ण प्राथमिकता हो नियमित प्रतिफल र सेवाग्राहीलाई सरल, सहज र गुणस्तरीय सेवा । यसको अतिरिक्त बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकका नीति नियमहरु अनुसरण तथा अवलम्बन अग्रणी रुपमा गर्ने ।

    अनुशासित बैंकिङ्ग अभ्यास गर्दै आएको सिटिजन्स बैंकले विभिन्न निक्षेप खाता खोल्दा आकर्षण योजनाहरु ल्याएको छ । सबै ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न बैंकले विभिन्न प्रकारका २० वटा निक्षेप खाता खोल्दा ग्राहकलाई बम्पर सुविधासहितको आकर्षण योजना ल्याएको हो । ग्राहकको बैंकिङ्ग आवश्यकता पुरा गर्न भरपर्दो साझेदारको रूपमा स्थापित यस सिटिजन्स बैंकमा उच्च व्यावसायिक र अनुभवी ब्यक्तिको अनुभवबाट निक्षेप खाता श्रृजना गरिएका छन् । बैंकका निक्षेप प्रमुख पारस बिक्रम थापाका अनुसार बैंकले उच्च गुणस्तरीय वित्तीय सेवामार्फत् बैंकिङ क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आएको छ ।

    ‘बैंकले उत्कृष्ट सेवा उत्पादन गर्दै ग्राहकलाई उपलब्ध गराउँदै आएको छ, बैंकले उत्पादन गरेका प्रडक्टहरुको डिजाइन पनि उत्कृष्ट छन्, जुन प्रडक्ट ग्राहकको लागि उपयुक्त छन्,’ उनले भने, ‘खाता खोल्न चाहनुहुन्छ भने बैंकले उच्च ब्याज प्रदान गर्छ, वभिन्न सुविधाहरू र नमस्ते संस्कृतिको साथ उत्कृष्ट ग्राहक सेवाका साथ छनौट गर्नका लागि उत्पादनहरूको विस्तृत श्रृंखला प्राप्त गर्न सकिनेछ ।’

    निक्षेप उत्पादनको फराकिलो दायरा : सिटिजन्स बैंकले सञ्चालन गरिरहेका निक्षेप खातामा कुनै दायरा तोकिएको छैन । सबै उमेर समूह, पेशा र जुनसुकै समुदाया मान्छेहरुले पनि निक्षेप खाता खोल्न सक्ने व्यवस्था गरेको छ । महिला, ज्येष्ठ नागरिक, बालबालिका, श्रमजीवी, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू, प्राविधिक ज्ञान भएका ब्यक्तिहरु, एनआरएन लगायतका लागि विभिन्न २० प्रकारका निक्षेप खाता खोल्न सक्ने बैंकले जनाएको छ । यी विभिन्न प्रकारका खाताको आआफ्नै किसिमका विशेषता पनि छन् । जुन खातामा ग्राहकहरुको आवश्यकता अनुसार सेवा उपलब्ध रहेको थापाको भनाइ छ ।

    उच्च ब्याजदर : बचत गर्ने उद्देश्यको लागि खाता खोल्दा विचार गर्नुपर्ने मुख्य कुरा भनेको ब्याजदर हो । यदि निक्षेप जम्मा गरेर ब्याज आम्दानी गर्ने योजना बनाउनु भएको छ भने सिटिजन्स बैंकले निक्षेप खातामा उच्च ब्याज प्रदान गर्दै आएको छ । बैंकले सदैव आफ्ना निक्षेपकर्ताहरुलाई उच्च ब्याजदर र अधिकतम प्रतिफल दिँदै आएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई खुसी पार्न बजारमा उच्च प्रतिस्पर्धी ब्याजदर उपलब्ध गराउँदै आएको थापाको भनाइ छ । हाल बैंकले प्रतिवर्ष ७.९६ प्रतिशत ब्याज प्रदान गरिरहेको छ । साथै, बैंकले विदेशी मुद्रा बचत खातामा भने थप आकर्षक ब्याजदर उपलब्ध गराइरहेको थापाले बताए ।

    बैंकले नेपाली र विदेशी मुद्राको मुद्दती निक्षेप खातामा उच्च ब्याजदर दिँदै आएको छ । बैंकसँग रिकरिङ्ग निक्षेप पनि छन्, जुन हाइब्रिड उत्पादन हुन् । जसले बचत र मुद्दती निक्षेप दुवैको सुविधा प्रदान गर्दछ । जसबाट म्युचुअल फण्डद्वारा प्रस्तावित एसआईपी योजनामाभन्दा राम्रो प्रतिफल दिने गरेको थापाको दाबी छ । विभिन्न देशबाट नेपालमा रकम पठाउने वैदेशिक रोजगारीमा रहेका कामदारको आईपीओ आवेदन प्रशोधनका साथै मुद्दती निक्षेपमा थप ब्याज उपलब्ध गराउँदै आएको छ ।

    सुविधा र फाइदा : बैंकले निक्षेप खातामा उच्च ब्याजसँगै विभिन्न सुविधाहरु पनि प्रदान गर्दै आएको छ । जसकारण सिटिजन्स बैंकमा निक्षेप खाता खोल्दा ब्याजसँगै अन्य सुविधा र फाइदाको लाभ उठाउन सक्ने छन् । निक्षेप खाता खोल्दा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड र इन्टरनेट बैंकिङ निःशुल्क उपलब्ध गराउँदै आएको छ । बैंकको मोबाइल बैंकिङलाई वित्तीय क्षेत्रमै उत्कृष्ट मध्ये एक मानिन्छ । जसले ग्राहकको हत्केलामा २४ घण्टा बैंकिङ सेवा प्रदान गरेको छ ।

    बैंकको डेबिट कार्ड मार्फत् विभिन्न आउटलेट(१५० माथि) रेस्टुरेन्ट, क्याफे, होटल, अस्पताल, किनमेल केन्द्र, अन्तर्राष्ट्रिय अस्पताल जस्तै मेदान्ता–द मेडिसिटी र भारतका अन्य अस्पतालमा समेत छुट प्रदान गरिहरेको छ । बैंकका सबै डिजिटल उत्पादनमा नवीनतम प्रविधिद्वारा सञ्चालित शीर्ष टायर सुरक्षा सुविधा पनि राखिएका छन् । साथै, बैंकले डिम्याट, सीआश्वा तथा मेरोसेयर सुविधा पनि निःशुल्क उपलब्ध गराउँदै आएको छ । बैंकले आफ्ना ग्राहकलाई बीमा सुविधा पनि उपलब्ध गराउँदै आएको छ । साथै, बीमामा ५० हजारसम्मको चिकित्सा बीमा र ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा रहेका छन् ।

    ग्राहक सेवा : नमस्ते संस्कृतिमा उत्कृष्ट ग्राहक सेवाको लागी परिचित रहेको सिटिजन्स बैंकमा प्रत्येक ग्राहकलाई राम्रो व्यवहार गरिन्छ । बैंकको ग्राहक सेवा धेरै छिटो र प्रभावकारी पनि छ । बैंकको सबै प्रक्रिया र सेवा प्रवाह समयतालिका अनुसार गरिन्छ । ग्राहक सेवा अभिवृद्धि गर्न बैंकले अयोग्य, वृद्धवृद्धा, विरामी, अशक्त ग्राहकहरुलाई विशेष महत्व दिएर बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले घरमै बसेर बैंकिङ्ग सेवाहरु पनि उपलब्ध गराउँदै आएको छ जहाँ बैंकिङ्ग सेवाहरु ग्राहकहरुको घरदैलोमा पुर्याइनेछ ।

    अन्य उत्पादनहरू : बैंकले ग्राहकहरूको लागि धेरै लाभदायक अन्य विभिन्न सुविधा पनि प्रदान गरिरहेको छ । बैंकले विभिन्न आकारका लकर सुविधा उपलब्ध गराएको छ भने ग्राहकहरुको वैदेशिक यात्रामा सहयोग पुर्याउन अमेरिकी डलर ट्राभल कार्ड र विदेशी मुद्रा सटही सुविधा पनि प्रदान गरेको छ । साथै ई–कमर्स कार्ड पनि प्रदान गरेको छ, जसले ग्राहकहरुलाई विश्वव्यापी उत्पादन तथा सेवा अनलाइन खरिद गर्न मद्दत पुग्नेछ । बैंकले विभिन्न संस्थाका तलब पाउने कर्मचारीहरूका लागि सञ्चीत कोष व्यवस्थापन सुविधा भएका खाता पनि उपलब्ध गराएको छ ।

    एकसाथ ३ खाता : सिटिजन्स बैंकमा ग्राहकले एकै पटक ३ वटा खाता खोल्न सकिने थापाले बताए । उनका अनुसार ३ वटा खाताहरुमा बैंक खाता, डिम्याट खाता र ब्रोकर खाता हुन् । उक्त सेवा बैंकका देशभरीका सबै शाखा कार्यालयमा उपलब्ध रहेको उनको भनाइ छ । विश्वका कुनाकुनाबाट रेमिट्यान्स भुक्तानी गर्नुका साथै मोबाइल बिल, ल्याण्डलाईन बिल, बिजुलीको बिल, पानीको बिल, विद्यालय/कलेजको शुल्क, ब्रोकर कमिशन लगायतका सेवा घरबाटै लिन सकिने उनले बताए । साथै, बैंकले अनलाइनबाटै निक्षेप खाता खोल्ने सुविधा पनि उपलब्ध गराएको छ । जस मार्फत ग्राहकहरु भौतिक रुपमा शाखा कार्यालयनमा नगई अनलाइनबाटै खाता खोल्न सक्ने छन् भने ग्राहकहरुले नागरिक एप मार्फत् पनि खाता खोल्न सक्नेछन् ।

    ग्राहकलाई थप लाभ : बैंकले नियमित रूपमा ग्राहकहरूलाई थप फाईदाहरू प्रदान गर्ने केही अभियान र कार्यक्रमको सुरुवात पनि गरेको छ । बैंकले विभिन्न साझेदार कम्पनी दराज, बिग मार्ट, भाटभटेनी, मोको, खल्ती, ईसेवा, आईएमई पे लगायतसँग सम्झौता गरेको छ । यी कम्पनीसँगको सहकार्यमा ग्राहकहरुले थप लाभ लिन सक्ने छन् । साथै, नियमित छुट तथा उपहार पनि प्राप्त गर्न सकिने निक्षेप प्रमुख थापाको भनाइ छ ।

    बैंकले ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न सिटिजन्स बैंकसँग साउन महिनाको हरेक सोमबार मनाउने, तीज पर्व, दशैं र तिहारमा डिजिटल दक्षिणा, नयाँ वर्षको उत्सव आदि जस्ता विभिन्न चाडपर्वमा ग्राहकहरुलाई पुरस्कृत गर्ने गरेको छ । बैंकले देशभर १८८ वटा शाखा कार्यालयबार्फत् निःशुल्क एबीबीएस सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकको एफडी खोल्ने, कोष स्थानान्तरण, ऋण अनुरोध, कार्ड अनुरोध, पिन अनुरोध, क्यूआर सेवा घरमै बसेर उपभोग गर्न सकिने गरी व्यवस्था मिलाएको छ । संस्थागत सुशासनलाई ध्यानमा राखी बैंकको उद्देश्य र नीति अनुरुप आन्तरिक संरचना तयार पारिएका छन् । साथै कर्मचारी र सञ्चालकले पालना गर्नुपर्ने आचरणको आचार संहिता कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्