News Portal

  • राष्ट्र बैंकले ९०६ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

    आर्थीकसंसार संवाददाता२८ भदौ, २०८०
    १७१ पटक
    २८ भदौ, २०८०

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘ट’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको ९ अर्ब ४ करोड रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८६ ‘ट’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो ।

    राष्ट्र बैंकको उक्त ऋणपत्रमा भदौ २९ गते साढे १२ बजेसम्म बोलकबोल मार्फत् बिक्री गर्ने छ । र भदौ १ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

    विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्