News Portal

  • समृद्धि फाइनान्सद्वारा कुर्सि र डस्टबिन वितरण

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०८०
    २५१ पटक
    २७ भदौ, २०८०

    काठमाडौं । समृद्धि फाइनान्सले भदौ २६ गते संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत पोखरा शाखामार्फत् प्रगतिशिल नारी समूहलाई कुर्सि र डस्टबिन वितरण गरेको छ ।

    समृद्धि फाइनान्सले भदौ महिनाको सामाजिक उत्तरदायीत्व अन्तर्गत नारी विशेष कार्यक्रम गर्ने तालिका बनाएको र सोहि कार्यक्रम अन्तर्गत पोखरा शाखाद्वारा प्रगतिशिल नारी समूहलाई बाह्र वटा प्लाष्टिक कुर्सि र डस्टबिन उपलब्ध गराएको हो । वितरण  कार्यक्रममा समूहका सदस्यहरु, समाजसेवि तथा टोलवासीको सहभागिता रहेको थियो ।

    साथै समृद्धि फाइनान्सले भदौ महिनामा महिला विशेष अभियानहरु सञ्चालन गरि रहेको छ । सम्पूर्ण महिलाहरुले भदौ महिनामा यस फाइनान्समा समृद्धि गृह लक्ष्मी बचत खाता खोलि उच्च ब्याज दरको प्रतिफलका साथै निःशुल्क डिजिटल बैङ्किगको फाइदा लिन सक्नेछन् ।

    नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्