News Portal

  • हिम इलेकट्रोनिक्सको इन्डो एसियन मिट २०२३ सम्पन्न

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०८०
    २१२ पटक
    २७ भदौ, २०८०

    काठमाडौं । नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाडौँमा इन्डो एसियन मिट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ। यस अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोदुलर स्विच) – साईनोरा नेपाली बजारमा ल्याएको छ ।
    गोल्छा ग्रुपसँग आबद्ध भई नेपाली बजारमा इन्डोएसियनको उपस्थिति २ दशकभन्दा बढी भइसकेको छ । यसका उत्पादनहरू मुख्यतयाः MCB र Distribution Board  र तथा अन्य इलेकट्रिकल कम्पोनेन्टहरू छन, जसले नेपाली बजारमा उनीहरूको विश्वसनीयता र स्थायित्व प्रमाणित गरेको छ ।
    श्री प्रभाकर शमशेर थापा (उपाध्यक्ष–गोल्छा ग्रुप) र विपिन गुप्ता (जोनल हेड, इन्टरनेशनल मार्केटिङ –इन्डोएसियन) ले संयुक्त रूपमा इन्डो एसियन स्टाइलिस मोदुलर स्विचको नयाँ सिरिज,साईनोराको अनावरण गर्नुभयो। नेपाल र भारतका इन्डोएसियन ब्रान्ड र यसका उत्पादनहरुबारे विभिन्न जानकारीमूलक प्रस्तुतिहरू पेस गरे ।

    प्रतिकृया दिनुहोस्