News Portal

  • स्थानीयसँग सन नेपाल लाइफको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२६ भदौ, २०८०
    ११९ पटक
    २६ भदौ, २०८०

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी स्थानीय सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशमा उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष राज समज चौधरी प्रमुख अतिथी र गाउँपालिका उपाध्यक्ष वार्ड नं १ देखि ९ वार्डका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा बीमा सम्बन्धी विभिन्न विषयबस्तुको बारेमा स्थानीयलाई जानकारी दिएको कम्पनीले जनाएको छ ।  कार्यक्रममा स्थानीयहरुको उपस्थितीमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब विद्यार्थीलाई सहयोग स्वरुप दिपेन्द्र मावी हसुलियालाई २५ हजारको चेक हस्तान्तरण गरेको हो ।

    प्रतिकृया दिनुहोस्