News Portal

  • ग्लोबल आइएमई बैंकको लकर सेवा स्थानान्तरण हुने

    आर्थीकसंसार संवाददाता२६ भदौ, २०८०
    १६२ पटक
    २६ भदौ, २०८०

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रन्जना गल्ली, मारवाडी सेवा समितिको ठिक अगाडीको भवनबाट प्रदान गर्दै आएको लकर सेवा स्थानान्तरण गर्ने भएको छ । असोज ३ गते बुधबार देखि उक्त लकर सेवा काठमाडौं महानगरपालिका वडा नं २२, न्युरोड केशा प्लाजा भवनको तेस्रो तल्ला स्थित कार्यालयबाट प्रदान गरिने हुँदा लकरको सेवा उपभोग गरिरहेका ग्राहकले आफ्नो लकरमा टुट–फुट हुन सक्ने संवेदनशील सामान भएमा उक्त सामानहरु असोज २ गते भित्र झिकी सुरक्षित गर्न आग्रह गरेको छ । लकर स्थानान्तरण गर्दा लकर भित्र रहेको सामानमा क्षती पुग्न गएमा बैंक जवाफदेही नहुने समेत बैंकले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्