News Portal

  • १५ लाख बढीले भरे सिटिजन लाइफको आईपीओ, कहिले हुँदैछ बाँडफाँड ?

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०८०
    १८२ पटक
    २१ भदौ, २०८०

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा १५ लाख बढीले आवेदन दिएका छन् । भदौ १५ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा १५ लाख १० हजार ६९३ जनाले आवेदन दिएका हुन् ।

    आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलका अनुसार आवेदकले १ करोड ६७ लाख ९० हजार १८० कित्ता सेयर माग गरेका छन् । प्रिमियममा निष्काशन भएको उक्त आईपीओमा ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२०० रुपैयाँ बराबरको आवेदन परेको छ ।

    उक्त आईपीओ आगामी साता बाँडफाँड हुने बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जानकारी गराएको छ ।

    कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गरेको हो । कम्पनीले अंकित मूल्य दर १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ११ लाख २५ हजार कित्ता विदेशमा रोजगारीमा रहेका नेपाली, ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ५ लाख ६२ हजार ५ सय कित्ता कर्मचारीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्