News Portal

  • कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा स्वत: पदमुक्त

    ४८ घन्टाभित्रमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०८०
    ४३५ पटक
    २१ भदौ, २०८०

    काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ।

    न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको हो।

    कार्कीले ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।

    निवेदक कार्कीको माग बमोजिम रिट जारी गर्दै सर्वोच्चले उनलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो।

    प्रतिकृया दिनुहोस्