News Portal

  • अन्तराष्ट्रिय प्रशिक्षकद्धारा हिमालय लाइफले अभिकर्तालाई दियो उत्प्रेरणात्मक तालिम

    आर्थीकसंसार संवाददाता२० भदौ, २०८०
    १२९ पटक
    २० भदौ, २०८०

    काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडको सुदुरपश्चिम प्रादेशिक कार्यालयले प्रदेश स्थरिय लर्न हाउ टु अर्न भन्ने मुल नाराको साथमा एक दिने ग्रेण्ड मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम कार्यक्रम धनगढीमा भब्यरुपमा कार्यक्रम सम्पन्न भएको हो ।

    अन्तराष्ट्रिय मोटिभेटर तथा टेनर बाट मोटिभेसन कार्यक्रममा सहभागी हुने गरि कम्पनीले गत श्रावण महिनामा अभिकर्तालाई आन्तरिक स्किमको ब्यवस्था गरेको थियो । सोही स्किम बमोजिम करिब २५० जना सुदुरपचिम प्रदेशबाट क्वालिफाईड भएका अभिकर्तालाई भारत बाट लामो अनुभव भएका मोटिभेटर सायद अबजल अहमदले उक्त प्रशिक्षण दिएका हुन् ।

    जीवन बीमामा अभिकर्ता कसरी फेल हुन्छन,मार्केटमा बीमाको कन्सेप्ट कसरी प्रस्तुत गर्ने र समग्र सफल अभिकर्ता बन्नको लागि ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी सहितको करिब ४ घण्टाको आकर्ष सेसन प्रमुख प्रशिक्षक अहमदले प्रशिक्षण दिएका थिए ।

    हिजो भाद्र १९ गते करिब ११ बजे बाट सुरु भएको कार्यक्रममा सहभागी लाई स्वागत मन्तव्य मार्फत स्वागत कम्पनीको प्रदेश उप प्रमुख टेक राज आचार्यले गरेका थिए । कार्यक्रमको सभापतित्व प्रदेश प्रमुख राम बहादुर शाहिले गरेको उक्त कार्यक्रमको सन्चालन उप प्रदेश प्रमुख (टिकापुर क्षेत्र) तारा सिङ बमले गरेका थिए ।

    साथै श्रवण महिनामा हरेक शाखा उप शाखाबाट टप ब्यवसाय गर्ने २० जना अभिकर्ताहरुलाई र टप ३ शाखा उपशाखा प्रमुखलाई समेत सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्