News Portal

  • गरिमा क्यापिटलले ल्यायो सारीमा सेल्फी प्रतियोगिता, विजेताले नगद उपहार पाउने

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०८०
    १५१ पटक
    १८ भदौ, २०८०

    काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ। नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा यस्तो प्रतियोगिता आयोजना गरेको हो ।

    गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले भाद्र १७ गतेदेखि आश्विन ०५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको हो । यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि क्यापिटलले केही नियम समेत तोकेको छ । सहभागीहरुले परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटल लिमीटेडको आधिकारिक फेसबुक पेजको मेन्सन्समा पोस्ट गर्नुपर्नेछ ।

    यस्तै, फोटो पोस्ट गर्दा निम्न ह्यासट्यागहरु समावेश गर्नुपर्नेछ:#GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited यसैगरी, सहभागीले गरिमा क्यापिटल लिमीटेडको आधिकारिक फेसबुक पेज लाइक र शेयर पनि गर्नुपर्नेछ ।

    अपलोड भएका फोटोमध्ये उत्कृष्ट ३ लाई प्रतियागिताको विजेता घोषणा गरी नगद उपहार दिइने क्यापिटलले जनाएको छ । प्रथम पुरस्कार ३ हजार, द्वितीय पुरस्कार २ हजार र तृतीय पुरस्कार १ हजार राखिएको छ।

    त्यस्तो प्रतियोगिताले तीजको समृद्ध परम्परालाई मात्र नभई हाम्रो समुदायमा एकता र उत्सवको भावनालाई बढावा दिने विश्वास क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्