News Portal

  • क्रिकेट खेलाडीलाई सिटिजन लाइफको पाँच लाख पुरस्कार

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०८०
    २१२ पटक
    १८ भदौ, २०८०

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले एसिया कप क्रिकेट खेलिरहेका नेपाली खेलाडीहरुको लागि पुरस्कारको घोषणा गरेको छ ।

    सिटिजन लाइफले एसिया कप अन्तर्गत नेपाल र भारतको खेलमा विकेट जित्नेलाई हरेक विकेट बराबर पाँच लाख रूपैयाँ, हरेक छक्कामा एक लाख रुपैयाँ र हरेक चौकामा ५० हजार रुपैयाँ बराबरको पुरस्कारको घोषणा गरेको छ ।

    सोमबार श्रीलङ्कामा नेपालले एसिया कप क्रिकेटको दोस्रो खेल खेलिरहेको छ । सिटिजन लाइफले उक्त पुरस्कार बराबरको रकमबाट विकेट जित्ने, छक्का र चौका हान्ने सम्बन्धीत खेलाडीको जीवन बीमा गरिदिने बताएको छ ।

    प्रतिकृया दिनुहोस्