News Portal

  • मिथिला लघुवित्तको संस्थापक र सर्वसाधारण शेयर स्वामित्व परिमार्जन

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०८०
    ३०२ पटक
    १२ भदौ, २०८०

    काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर स्वामित्व परिमार्जन भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व परिवर्तन गरेको हो । अब कम्पनीको शेयर स्वामित्व संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीका संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व रहेको थियो ।

    हाल नेप्सेमा कम्पनीको कुल १९ लाख ६० हजार २७ दशमलव ५६ कित्ता शेयर सूचिकृत छ । जसमा परिवर्तित शेयर संरचनाअनुसार अब संस्थापक समूहको ९ लाख ९९ हजार ६१४ दशमलव ०६ कित्ता र सर्वसाधारण समूहको ९ लाख ६० हजार ४१३ दशमलव ५ कित्ता कायम भएको छ ।

    प्रतिकृया दिनुहोस्