आर्थीकसंसार संवाददाता१२ भदौ, २०८०
१२ भदौ, २०८०काठमाडौं । कामना सेवा विकास बैंक र हिमालयन जाभा कफि बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
मंगलबार दुवै संस्थाले मर्चेन्ट सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै कामना सेवा विकास बैंकका ग्राहकले पुतलिसडक स्थित हिमालयन जाभा कफिमा १० प्रतिशतसम्मको छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले बताएको छ ।