News Portal

  • एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

    आर्थीकसंसार संवाददाता११ भदौ, २०८०
    २४८ पटक
    ११ भदौ, २०८०

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा भाद्र १० गते कम्पनी र क्यापिटलबीच हकप्रद शेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौतापत्रमा सम्पन्न भएको हो ।
    सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
    यस एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हालको पुँजी १ अर्ब ४५ करोडको प्रति शेयर अंकित १ सय रुपैयाँको दरले १० कित्ता शेयरको ६.६ को अनुपातमा ९,६३१,२२०.२२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

    प्रतिकृया दिनुहोस्