News Portal

  • नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँड

    आर्थीकसंसार संवाददाता
    ३०८ पटक

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि ३१ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामको ऋणपत्र भदौ १० गते बाँडफाँड गरेको हो ।

    बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ हजार रूपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति पाएको थियो । सर्वसाधारणका लागि छुट्याईएको १२ लाख कित्ता ऋणपत्र खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले ४८ हजार ३४० कित्ता ऋणपत्र थप गरी व्यक्तिगत तवरबाट आवेदन दिएका आवेदकहरूमा १२ लाख ४८ हजार ३४० कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो ।

    कम्पनीले कुल १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्र बाँडफाँड गरिएको जनाएको छ । यस ऋणपत्र प्राप्त गर्ने लगानीकर्ताहरूले ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी प्राप्त गर्न सक्नेछन् ।

    इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधाकाठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल…
    प्रतिकृया दिनुहोस्