News Portal

  • कामना सेवा विकास बैंकले दियो दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एसि

    आर्थीकसंसार संवाददाता११ भदौं, २०८०
    १७० पटक
    ११ भदौं, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंकले बर्दघाट, नवलपरासी स्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई आईतबार २ थान एसि हस्तान्तरण गरेको छ । उक्त एसि सामुदाहिक विकास र शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुगोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको हो ।

    बैंकका संचालक भिम प्रसाद तुलाचनले दिव्य ज्योती बहुमुखी क्याम्पसका अध्यक्ष पुन्य प्रसाद पौडेललाई उक्त एसि हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख सागरमणी पाण्डे, बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रवन्धक खिमलाल भुषाल तथा अन्य कर्मचारीहरु र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

    यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्