News Portal

  • व्यवसायीले कारोबारको ५० प्रतिशतसम्म चालु पुँजी कर्जा पाउने

    आर्थीकसंसार संवाददाता११ भदौं, २०८०
    १९४ पटक
    ११ भदौं, २०८०

    काठमाडौं । अब उद्योगी व्यवसायीले कुल कारोबारको ५० प्रतिशतसम्म चालु पुँजी कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै ५० प्रतिशतसम्म चालु पुँजी कर्जा लिन सक्ने व्यवस्था गरेको हो । यसअघि ४० प्रतिशत रहेको सीमालाई बढाएर राष्ट्र बैंकले ५० प्रतिशत पुर्याएको हो ।

    ‘इजाजतपत्रप्राप्त संस्थाले उद्यम व्यवसायको अपरेटिङ साइकल, क्यास कन्भर्सन साइकल, डेज सेल्स आउट स्टयाण्डीङ, इन्भेन्टरी कन्भर्जन पिरियड, लिड टाइम र एकाउन्ट्स पेईबल पिरियडको विश्लेषण गर्दा औचित्यपूर्ण देखिएमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक वश्लेषण गर्दा औचित्यपूर्ण देखिएमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबार÷बिक्रीको अधिकतम ५० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन्,’ चालु पुँजी कर्जाको मार्गदर्शनमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्