News Portal

  • प्राइम बैंकको सीईओमा संजीव मानन्धर नियुक्त

    आर्थीकसंसार संवाददाता८ साउन, २०८०
    २८२ पटक
    ८ साउन, २०८०

    काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार्टर्ड एकाउण्टेन्ट संजीव मानन्धर नियुक्त भएका छन् । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    त्यस्तै, नवनियुक्त प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । शपथ ग्रहण समारोहमा संक्षिप्त सम्बोधन गर्दै लामो समयदेखि यस बैंकमा आबद्ध नवनियुक्त प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरी निजको कार्यकालको पूर्ण सफलताको लागि अध्यक्ष राजेन्द्रदास श्रेष्ठले शुभकामना व्यक्त गरेका छन् ।

    स्थापनाकालदेखि नै यस बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत संजीव मानन्धर यस अघि यसै बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए । प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक लि.बाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंक लि.को विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्