काठमाडौं । एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोका–कोलाले सक्षम २.० “योङ्ग उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्राम” सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रम कोका–कोला नेपालको उमन इम्पावरमेन्ट प्रोग्राम, सक्षमको एक महत्वपूर्ण भाग बन्न सफल भएको छ, जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र सम्भावित उद्यमहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ ।
यस कार्यक्रमका लागि काठमाडौं, पोखरा र चितवन जिल्लाका गरि ८० भन्दा बढी महिला उद्यमीले आवेदन दिएका थिए । आवेदकहरू मध्यबाट इनोभेटिभ कन्सेप्ट तथा आइडिया सफल हुने सम्भावनाको आधारमा ८ फाइनलिस्टहरु छनोट गरिएको थियो । फाइनलिस्टहरुमा छनोट हुने वृन्दा दिवान – केहिक्राफ्ट्स, मेनुका गुरुङ – डुलुवा आउटडोर्स, प्रकृति बस्याल – साउथ एण्ड साउथ ईस्ट प्रोजेक्ट, राशी महर्जन – लर्नर्स रुम, रोजिना बराल – सर्चड् , सरला महर्जन – बायो–इन्जाइम्स, शान्ति राई – ग्रीनस्पेस नेपाल र यजु महर्जन – स्वच्छ महिनावारी रहेका छन् ।
एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले कार्यक्रमबाट सन्तुष्टि व्यक्त गर्दै भन्नुभयो “एटेलियर कार्यक्रम र कोका–कोलासँगको सहकार्य मार्फत हामी युवा महिला उद्यमीहरूले आफ्ना आकांक्षाहरूलाई वास्तविकतामा परिणत गर्न सक्ने बाटो निर्देशन गरिरहेका छौं । यी उद्यमीहरूले अटल दृढ संकल्प र ज्ञानद्वारा सफलताको गतिशील क्यानभास बनाउँदैछन् । हरेक ब्रशस्ट्रोकले व्यवसायिक नवाचार र रूपान्तरणलाई प्रेरित गर्ने सशक्त महिलाहरूको अविश्वसनीय महत्वाकांक्षाको चित्र चित्रण गर्दछ ।”
काठमान्डौँको माया मनोर बुटिक होटल, हात्तीसारमा आयोजित सक्षम तालिम कार्यक्रम अगस्ट १८, २०२३ मा सम्पन्न भएको छ । महिला उद्यमीहरूका विभिन्न नवीन अवधारणा र व्यावसायिक योजनाहरू दक्ष प्रोफेशनलहरुको प्रतिष्ठित निर्णायक मण्डलमा प्रस्तुत गरिएको थियो । जजहरुको प्यानलमा प्रसन्ना बस्नेत, संस्थापक – कटन मिल नेपाल, स्नेह राजभण्डारी, पब्लिक अफेयर्स, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटि डिरेक्टर – कोका–कोला बेभरेज नेपाल र त्रिशाग्नी शाक्य, एग्जेक्युटिव डिरेक्टर – केजीएच ग्रुप हुनुहुन्थ्यो ।
निर्णायकहरुद्वारा गहन मूल्याङ्कन पश्चात् मेनुका गुरुङ– डुलुवा आउटडोर्स, राशी महर्जन– लर्नर्स रुम र सरला महर्जन– सकल नेचुरो मल्टि–पर्पस क्लिनरलाई विजेता घोषित गरिएको थियो र प्रत्येकले रु. १ लाखको पुरस्कार प्राप्त गरका थिए । टप तीन विजेताहरूलाई उनीहरूको इनिशिएटिभहरूलाई अगाडि बढाउन र लक्ष्यको नजिक ल्याउन मद्दत पु¥याउन समान आर्थिक सहयोग प्रदान गरिएको थियो ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथले भन्नुभयो, “योङ उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्रामले महिला उद्यमशीलतालाई बढावा दिन र नेपालमा दिगो विकासमा योगदान पु¥याउने हाम्रो प्रतिबद्धताको एउटा उदाहरण हो । महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नु समुदाय र अर्थतन्त्रको समग्र विकासको लागि आवश्यक छ र तपाईँहरुको निरन्तर सहयोग प्रति हामी अत्यन्त आभारी छौं जसले हामीलाई यस्ता प्रोगे्रसिभ प्रोजेक्टहरु सञ्चालन गर्न प्रेरणा दिएको छ ।”
कोका–कोलाले महिलाको आर्थिक सशक्तिकरणमा लगानी गरेर आफ्नो व्यापार विस्तार गर्नुका साथै महिला र उनीहरुका परिवार तथा समुदायलाई उज्वल भविष्यका लागि सक्षम पार्दछ ।
कोका–कोला नेपालले गर्यो सक्षम २.० मेन्टरशिप प्रोग्रामका विजेताको घोषणा
आर्थीकसंसार संवाददाता८ साउन, २०८०
८ साउन, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन