News Portal

  • ग्लोबल आइएमई र बिओके क्यापिटलले गरे एकिकृत कारोबार

    आर्थीकसंसार संवाददाता५ भदौ, २०८०
    २५८ पटक
    ५ भदौ, २०८०

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मर्ज भएर ग्लोबल आइएमई क्यापिटलको नामबाट एकिकृत कारोबार शुभारम्भ भएको छ । हिजो सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले एकिकृत कारोबारको औपचारिक शुभारम्भ गरेका हुन् ।

    दुवै क्यापिटलको गत साउन ३ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । मर्जर पश्चात चुक्ता पुँजीको हिसाबमा दोस्रो ठुलो मर्चेन्ट बैंकर बनेको छ । क्यापिटलको चुक्ता पुँजी करिब ५० करोड पुगेको छ । त्यस्तै डिम्याट खाताको संख्या ५ लाख ३९ हजार पुगेको छ ।

    ग्लोबल आईएमई क्यापिटलले बिओके क्यापिटललाई १००ः५३.१७ को स्वापमा गाभेको हो। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएसँगै दुबै बैंकका सहायक कम्पनी समेत एक हुन भएका हुन् ।
    प्रतिकृया दिनुहोस्