News Portal

  • सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावरबीच साधारण शेयर निष्काशनसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता३ भदौ, २०८०
    १८५ पटक
    ३ भदौ, २०८०

    काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेड बीच खिचापोखरी, काठमाण्डौमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ठूलो खोला हाइड?ोपावर लिमिटेडका तर्फबाट संचालक श्री स्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
    सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड?ोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ ।
    ठूलो खोला हाइड?ोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

    प्रतिकृया दिनुहोस्